बिहीबार, ६ वैशाख २०८१

मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७७ असोज ४ गते १३:४४

Advertisement

मेगा बैंकले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ।

बैंकले असोज ११ गतेदेखि संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने मार्फत बिक्री गर्ने भएको हो ।

बैंकले २०७४ भदाै २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर सँख्या र मल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदकाे लागि गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री