
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा श्रद्धाञ्जली दिन काठमाडौँको लैनचौरस्थित भारतीय राजदुतावासमा समवेदन पुस्तिका राखिएको छ ।
पूर्व राष्ट्रपति मुखर्जीको श्रद्धाञ्जलीका लागि बिहीबारबाट २१ गतेसम्म समवेदना पुस्तिका राखिने दुतावासले जनाएको छ ।
समवेदना पुस्तिका बिहान १० देखि साँझ ५ बजेसम्म राखिने छ । पूर्व राष्ट्रपति मुखर्जीको निधनमा दूतावासले गहिरो शोक प्रकट गरेको छ । पूर्व राष्ट्रपतिको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा ८४ वर्षको उमेरमा निधन भएको थियो ।







प्रतिक्रिया