शुक्रबार, १६ चैत २०८०

नेपाल वायुसेवा निगमको जहाजबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाँदै

समयपोष्ट २०७३ भदौ ३० गते ५:१२


 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको चारदिने औपचारिक राजकीय भ्रमणमा जाँदैछन् । 
 प्रचण्ड १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजबाट  ११ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा  जान लागेका दाहालका भ्रमण दलमा परराष्ट्र मन्त्री डा.प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखक, सहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

भारत पुगेपछि प्रधानमन्त्री दाहालको नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री