शनिबार, ८ वैशाख २०८१

२० वर्षिया ममता जोशी भईन मिस पोखरा

समयपोष्ट २०७४ असोज ७ गते १३:४३

नागरिक पश्चिमेलीको प्रस्तुती मेट्स ईन्टरनेशनल मिस पोखरा २०१७ सिजन ९औंको ताज पोखरा सृजनाचोक निवासी २० वर्षिया ममता जोशीको जितेकी छन् । 
१५ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधी आफ्नो पोल्टामा पारेकी हुन् । नसिङ्ग पेशामा आबद्ध ममताले चाँदीको ताजसँगै यामाहाको फेशिनो स्कुटर र पचास हजार रुपैया नगद साथै अन्य पुरस्कारहरु प्राप्त गरिन् ।
उपाधीसँगै ममताले ‘मिस इन्टेलेक्चुअल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । मिस पोखराकोे बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको प्रतिक्रिया उनले दिईन् । 
‘म मेरो लक्ष्य प्राप्तिको लागि एकदमै तम्तयार थिएँ ।’ क्राउन पहिरिएपछि उनले भनिन् ‘लक्ष्य प्राप्तिको लागि मैले गरेको कडा मेहेनतको परिणाम अन्तत मैले पाएकी छु ।’
त्यस्तै प्रतियोगितामा २३ वर्षिया पुनम के.सी. फस्ट रनरअप र पोखरा सिमलचौर निवासी १७ वर्षिया सीम्रन गुरुङ सेकेन्ड रनरअप भए ।
पुनमले तीस हजार रुपैया नगद र अन्य आर्कशक पुरस्कारसँगै मिस भ्युअर्स च्वाइस र मिस क्याट वाक टाईटल समेत जित्दा सीम्रनले उपाधीसँगै बीस हजार रुपैया नगद र अन्य आर्कशक पुरस्कारहरु प्राप्त गरिन् । 
पोखरा जेसिसको आयोजनामा भएको मिस पोखरा २०१७ मा अन्य विभिन्न १० वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो । जस मध्ये मिस ट्यालेन्ट संचिता घिमिरे, मिस फोटो जेनिक र मिस पपुलारिटी सजनी बानिया, मिस बेस्ट स्माईल श्रृष्टी गुरुङ, मिस बेस्ट ड्रेस बन्दना के.सी., मिस बेस्ट पर्सनालिटी अर्पना सापकोटा र मिस बेस्ट हेयर शशी थापामगरले हात पारे ।
मिस नेपाल २००० एवं भिजे उषा खड्की र सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफीमा सम्पन्न मिस पोखरा २०१७ को ग्राण्ड फिनालेको निर्णायकहरुमा प्रमुख निर्णायक डा. एलियमा जोन, डा. चैतन्य अधिकारी, उदय भट्टराई, सन्तोष पोख्रेल, नारायण शर्मा आदी रहेका थिए ।
कार्यक्रममा स्वर सुन्दरमणी गायक कर्णदास, चर्चित गायक तथा संगितकार रामभक्त जोजिजु, क्रिष्टल ब्लज डान्स ग्रुपको नृत्य प्रस्तुतीहरु रहेका थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री