शुक्रबार, १४ वैशाख २०८१

सम्सी गाउँपालिका र  गौशाला नगरपालिकामा माओवादी केन्द्र विजयी

समयपोष्ट २०७४ असोज ६ गते ३:१८

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका र  गौशाला नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भएका छन् ।  सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पाण्डेले बताए। 

Advertisement

यस्तै जिल्लाको प्रमुख व्यापारिक केन्द्र एवं नगरोन्मुख क्षेत्रका रुपमा परिचित रहेको गौशाला नगरपालिकाका प्रमुख पदहरु नेकपा ९माओवादी केन्द्र० को भागमा परेका छन् । 
आज बिहान ४ बजे घोषित स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार गौशाला नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका शिवनाथ महतो र उपप्रमुखमा माओवादी केन्द्रकै आशा लामा विजयी भएका हुन् । 

शिवनाथले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारीदेवी महतोलाई पराजित गरे  भने आशा लामाले संघीय समाजवादी फोरमका उपप्रमुखका उम्मेदवार डा रमेश यादवलाई पराजित गरिन् । प्रमुख पदमा माओवादी केन्द्रका महतोले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामकुमारीदेवीले पाँच हजार मत प्राप्त गरेका थिए । उपप्रमुखमा लामाले पाँच हजार ९७० मत प्राप्त गरी विजयी भईन थियो भने उनका निकटतम प्रतिद्वन्द्वी रमेशले चार हजार ६४२ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय, गौशाला महोत्तरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री