बिहीबार, १५ चैत २०८०

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

समयपोष्ट २०७४ असोज ५ गते ३:३०

लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् । घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि कुनै सुनुवाई नभएको उनले बताए । 

Advertisement

घरबेट्टिले कोठावाल सटरवालासंग मनलागी भाडा लिने मात्र होईन, सरकारलाई बुझाउनुपर्ने राजस्व पनि छली गरेका छन्, उजुरीकर्ताले भने । उनले जननिर्वाचित प्रतिनिधि आए पनि आफुहरुले अघि सारेको माग सुनुवाईप्रति बेवास्ता गरेको गुनासो गरे ।

 ललितपुर महानगरपालिकाले घरबबहाल करमा कडाई गरेमा अर्बौ रुपैयाँ उठ्छ, उनले भने, अब स्थानीय तहले एनकानुन तर्जुमा गर्दा घरबाहल मुल्य घरबेटिले नभई नगरपालिका वा गाउँपालिका आफैले तोक्ने व्यवस्था गर्नुपर्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री