शुक्रबार, १६ चैत २०८०

टेलिकमको ‘वाउटाइम’ एप सञ्चालनमा,लाइभ टिभीदेखि भिडियोसम्म हेर्न सकिने

समयपोष्ट २०७४ असोज ४ गते ६:१६

नेपाल टेलिकमले ‘वाउटाइम’  एप सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सञ्चालनमा ल्याईएको यो एपबाट मोबाइल फोन प्रयोगकर्ताले लाइभ टिभी, चलचित्र तथा विभिन्न विधाका भिडियो तथा एफएम एकै स्थानबाट हर्न सक्ने छन् । 

Advertisement

विन नेपाल प्रालिसंगको सहकार्यमा  सञ्चालनमा ल्याइएको यस एपमा एक सय ३० भन्दा बढी टिभि च्यानल, चलचित्र , भिडियो हेर्न सकिन्छ भने एफएम समेत सुन्न सकिने  टेलिकमले जनाएको छ ।  

टेलिकमका अनुसार यस एपमार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका च्यानल समेत उपलब्ध हुँनेछन् । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना टेलिमको छ । एप एण्ड्रोइड तथा आईओएस डिभाइसमा चलाउन सकिने  छ । 


यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । 

एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एपमार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री