शुक्रबार, १६ चैत २०८०

साँस्कृतिक आदानप्रदानबाट सम्बन्ध विस्तार 

समयपोष्ट २०७४ असोज १ गते ११:५१

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन ।

Advertisement

नेपालस्थित चिनीया दूतावासले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन ठूलो प्रयास भएको छ ।”

चिनीया नयाँ वर्षमा हुँदै आएको शैक्षिक प्रदर्शनी तथा अन्य कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तार गर्नमा सहयोग पुगेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमबाट मुलुकको पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे। 

दुई देशबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा महत्वपूर्ण योगदान पुगेको भन्दै उपप्रधानमन्त्री महराले भने, “चिनीया उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुँदा हामीले संयुक्त रुपमा थालनी गरेको पुनः निर्माण कार्यले सार्थकता पाउनेछ ।”

नेपाल र चीनबीच सम्झौता भएको एक क्षेत्र एक मार्ग मार्फत नेपालको सडक पूर्वाधार तथा नेपालमा रेल सेवा विस्तार गर्न सयोग पुग्ने परराष्ट्रमन्त्री महराको विश्वास थियो । 
 

IMG_3281

प्रतिक्रिया

सम्बन्धित सामाग्री