सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षमा राजनसिंह भण्डारी
समयपोष्ट
२०७६ असोज ११ गते १६:०२
सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षमा बैंकर राजनसिंह भण्डारी चयन भएका छन् । बैंकको १३औं वार्षिक साधारणसभाबाट संस्थापक संचालक बनेका भण्डारी शुक्रबार अध्यक्षमा चयन भएका हुन्।
यसअघि अर्थशास्त्री डा. शकर शर्मा अध्यक्ष थिए। ८ महिनाको ‘ब्रेक’ पछि भण्डारी बैंकिङमै फर्किएका छन्। भण्डारी ८ महिनाअघि सिटिजन्स बैंकको ब्यवस्थापकीय नेतृत्वबाट बाहिरिएका थिए।
बैंकको संस्थापक समूह अन्तर्गतबाट भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मा निर्विरोध चयन भए। सर्वसाधरणका तर्फबाट सीता कार्की केसी चयन भईन्। साधारणसभाले १२ प्रतिशत नगद लाभांस र तीन प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ।
प्रतिक्रिया