बिहीबार, १३ वैशाख २०८१

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा पनि उडान सुरु गर्यो, हेर्नुहोस भाडादर

समयपोष्ट २०७४ भदौ ३० गते ९:३२

बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

Advertisement

त्यस्तै  ११:२२ बजे अर्को  विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। उन्नाइस सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए।

पोखराबाट  भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीन हजार ६०० रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ। त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २०० रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ। उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री