बिहीबार, १ साउन २०८२

मेगा बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ असोज ९ गते १२:४७

Advertisement

मेगा बैंक नेपालले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको २६२ औं बैठकले कर सहित एक अर्ब २२ करोड रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको २६२ औं बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले प्रतिशत १ बोनस शेयर र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो।

Advertisement

हाल १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट एक अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।

बुधबार नै गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको मेगा बैंकले उक्त बैंक प्राप्ती पश्चात पूँजी बढ्ने हुँदा गत आवको मुनाफबाट शेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री