शुक्रबार, १६ चैत २०८०

एनएमबी बैंकले नेपाली नागरिकलाई जापानमा रोजगार तथा कर्जा उपलब्ध गराउने

समयपोष्ट २०७६ भदौ २४ गते १५:१६

Advertisement

एनएमबी बैंकको सिफारिसमा डीकेसीले नेपाली नागरिकलाई जापानमा रोजगार तथा कर्जा उपलब्ध गराउने भएको छ । एनएमबी बैंकले जापान र नेपालमा रहने नेपाली समुदायलाई बैंकिङ सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (Dai-ichi Kangyo Credit Cooperative) (डीकेसी) सँग सहमति पत्रमा हस्ताक्षर गरेको छ ।

सहमतिपत्रमा जापानमा रहेका गैर आवासीय नेपालीहरू(एनआरएन) लाई विदेशी मुद्राको खाता तथा जापानबाट नेपालमा रेमिट्यान्स् प्रवाहमा पनि सहजीकरण गर्ने उल्लेख छ ।

एनएमबि बैंकको परामर्शमा जापानमा मानिसहरूलाई रोजगारी र ऋणका अवसर समेत प्रदान गर्नेछ । ग्लोबल एलाइन्स फर बैंकिङ्ग अन भ्यालुज (Global Alliance for Banking on Values) (जीएबीभी) को भारतको कोचीमा सम्पन्न तेस्रो एसिया प्यासिफिक च्याप्टरको बैठकका क्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र डीकेसीका प्रमुख निर्देशक (चिफ डाइरेक्टर) मोबुयुकी नित्ता ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

एनएमबि बैंक र डीकेसी दुवै जीएबीभीका सदस्य छन्, जसमा दुवै संस्थाहरू आफ्ना व्यवसायको मूल्यमा आधारित बैंकिङ सिद्धान्तमा निहित छन् । एनएमबि बैंक नेपालमा जीएबीभीको एकमात्र सदस्य हो भने डीकेसी जापानमा आफ्ना सहकारीका सदस्यहरू बसोबास गरिरहेका क्षेत्रहरूमा दिगो विकास र जीवनस्तरमा सुधार गर्ने उद्देश्य राखेर सन् १९२१ मा स्थापना भएको संस्था हो ।

पछिल्लो समय नेपालबाट धेरै नेपालीहरु पढ्न वा कामको शिलशिलामा जापान जापान जानेक्रम बढिरहेको छ । जापान बसेकाहरु बारेमा एनएमबीले डोकेसीलाई सूचना दियो भने उनीहरुले नेपालीलाई प्राथमिकतामा राखेर आवश्यकताअनुसार ऋण र अवसर आएर काम समेत दिने गरी सहमति भएको एनएमबी बैंकका सिइओ सुनिल केसीले बताए ।

उनले भने, ‘उनीहरुले पठाएको पैसा हामी मार्फत पठाउन डोकेसीले सहयोग गर्नेछ । रेमिट्यान्सभन्दा पनि फरक किसिमले प्राथमिकतामा राखेर सम्झौता भएको हो । त्यहाँ पुगिसेकका नेपालीलाई अवसर आए प्रदान गर्ने सहमति पनि भएको हो । पढ्नको लागि ऋण चाहियो भने उपलब्ध गराउनेछ । कतिसम्म दिने भन्ने तोकिएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री