शनिबार, १५ वैशाख २०८१

उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

समयपोष्ट २०७४ भदौ २५ गते १३:३०

उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन् । 
त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी ९उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत० का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री