बिहीबार, ३० असोज २०८२

माओवादी केन्द्रका सचिव गणेश साहको पार्टी परित्याग गर्ने घोषणा

समयपोष्ट २०८२ असोज ३० गते ११:४४

Advertisement

नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री गणेश साहले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। पार्टी नेतृत्वले एकताको सन्देश दिन नसकेको भन्दै उनले माओवादी केन्द्र छाड्ने निर्णय गरेको बताएका छन्।

साहले अब आफू कुनै पनि राजनीतिक दलमा नलाग्ने स्पष्ट पारे। उनले आफ्नो विज्ञता र क्षमता देशका लागि आवश्यक परेमा योगदान गर्न तयार रहेको बताए।

तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकता भएपछि साह माओवादीको पदाधिकारी तहमा सक्रिय थिए। मधेशका स्थापित नेता साह लामो समय विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिस्ट आन्दोलनमा सहभागी थिए। हालैका वर्षहरूमा उनी पानी र जलवायु विज्ञका रूपमा विभिन्न अभियानमा सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री