बिहीबार, ३० असोज २०८२

स्वदेश फर्किए विपिनकी आमा र बहिनी

समयपोष्ट २०८२ असोज ३० गते ११:३५


इजरायल र हमासबीचको युद्धका क्रममा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी स्वदेश फर्किएका छन्। उनीहरू केहीबेरअघि कतार एअरवेजको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

Advertisement

विपिन जोशीलाई खोज्न उनकी आमा र बहिनी अमेरिकासम्म पुगेका थिए। इजरायल र हमासबीचको युद्धका समयमा विपिन बेपत्ता भएपछि उनीहरूले उनको अवस्था पत्ता लगाउन अमेरिकी अधिकारीहरूसँग सहयोगको आग्रह गरेका थिए। युद्धविरामको घोषणापछि विपिनको अवस्था सार्वजनिक भएको थियो। हमासले विपिन जीवित नरहेको बताएको थियो।

इजरायली मिडियाहरूका अनुसार, विपिनको शव इजरायललाई बुझाइसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री