राजनीतिक दलहरूसंग आज निर्वाचन आयोगले छलफल गर्दै
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका लागि राजनीतिक दलहरूसंग आज निर्वाचन आयोगले छलफल गर्दैराजनीतिक दलहरूसँग छलफल गर्दैछ। आयोगले पहिलो चरणमा २९ वटा राजनीतिक दललाई छलफलका लागि आमन्त्रण गरेको छ। यी दलहरूले विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका छन्।
आयोगमा हाल १२४ वटा राजनीतिक दल दर्ता छन्। पहिलो चरणको छलफलका लागि २९ दललाई बोलाइएको आयोगले जनाएको छ। आगामी २१ फागुन २०८२ मा प्रतिनिधिसभा निर्वाचन र २० माघ २०८२ मा राष्ट्रियसभाका रिक्त सदस्यहरूका लागि निर्वाचन हुँदैछ। यी दुवै निर्वाचनको तयारी र समन्वयका लागि आयोगले यो छलफल आयोजना गरेको हो।
आयोगले पहिलो पटक राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्न लागेको हो। छलफलको मुख्य एजेन्डामा निर्वाचन तयारी, दलहरूको सहभागिता, र निर्वाचन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने विषय समावेश छन्। त्यस्तै, राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र आवश्यक तयारीबारे पनि छलफल हुने आयोगले जनाएको छ।
प्रतिक्रिया