शुक्रबार, १४ वैशाख २०८१

लाभांश घोषणा भैरहेका बेला शेयर बजारमा किन आयो यति ठुलो पहिरो ?

समयपोष्ट २०७४ भदौ २५ गते ११:५९

साताको पहिलो दिन आइतबारको सेयरबजार २.२४ प्रतिशतले घटेको छ । नेप्से ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा झरेको छ । यसदिन १५८ कम्पनीको ९२ करोड ४२ लाख रूपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम गत बिहीबारको तुलनामा १९ करोड बढी हो ।

Advertisement

कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार राताम्मे भएको छ । बीमा २९६.७१ अंक,बैंकिङ २८.६६ अंक, विकास बैंक ४९.६ अंक र फाइनान्स १३ अंक झरेको छ। होटल समूहमा पनि ५१ अंकभन्दा बढीले पहिरो गएको छ। उत्पादनमूलक २४ र अन्य करिव ३ अंकले झरेका छन्।

बजार झरेपनि १२ कम्पनीको शेयर मूल्य भने बढेको छ। समता, निर्धनजस्ता संस्थाको शेयर मूल्य बढेको हो। १० प्रतिशतले छिमेक लघुवित्तको शेयर मूल्य झरेको छ। जेनरल फाइनान्सको ८ प्रतिशत र हाम्रो विकास बैंकको करिव ८ प्रतिशतले शेयर मूल्य झरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री