मंगलबार, ६ साउन २०८२

प्रभु बैंकको नयाँ बानेश्वर शाखा स्थानान्तरण

समयपोष्ट २०७६ भदौ १५ गते १८:३५

प्रभु बैंकको काठमाडौं महानगरपालिका वडा नं. १० मध्य–बानेश्वरमा अवस्थित शाखा कार्यालय का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँ बानेश्वरमा स्थानान्तरण भई कारोबार शुरु भएको छ ।

उक्त स्थानान्तरण भएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले एक समारोहका बीच गरे ।

स्थानान्तरण भई सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री