शनिबार, ८ वैशाख २०८१

‘नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्छ’

समयपोष्ट २०७४ भदौ १८ गते ११:५८

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहीआएको जनस्तरको एतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् । 

Advertisement

नेपाल भारत महिला मैत्री समाजले आज(आइतबार) काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतका जनता–जनताबीच रहीआएको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताएका हुन् ।“सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुन्छ, परराष्ट्रमन्त्री महराले भने, “मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैं प्रवद्र्धन गर्नुपर्छ ।” 

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उनले भने, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यसकारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”

दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पु¥याउन आफैले सधैं सहयोग गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले शिक्षा, स्वास्थ्य  र विकास निर्माणमा नेपाललाई भारतले पु¥याउँदै आएको सहयोगको सह्र्रना गरे । कार्यक्रममा भारतीय दूतावासका डेप्युटी चिफ अफ मिसन तथा कार्यवाहक राजदूत डा अजय कुमारलगायतका व्यक्तिको उपस्थिती थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री