बिहीबार, १३ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्सले साढे ७२ करोड हकप्रद निश्कासन गर्ने

समयपोष्ट २०७६ साउन १७ गते ११:०७

Advertisement

युनाइटेड इन्स्योरेन्सले ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको हकप्रद निश्कासन गर्ने भएको छ ।

कम्पनीले भाद्र ३ गतेदेखि चुक्ता पूँजीको २४० प्रतिशत चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको हो । कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद निश्कासन गर्ने छ। एनएमबी क्यापिटलको बिक्री प्रबन्धकत्वमा जारी हुने उक्त हकप्रदमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले आगामी असोज ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले जारी गर्ने हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।

युनाइटेडको हाल ३० करोड २४ लाख चुक्ता पूँजी रहेको छ । हकप्रद पश्चात १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद धितोपत्र बोर्डबाट गत असार ८ गते स्वीकृती भएको थियो।

युनाइटेड इन्स्योरेन्सको शेयर साउन १६ गते बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य ३४४ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री