मंगलबार, ११ कार्तिक २०८२

राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा

समयपोष्ट २०८२ कार्तिक ११ गते १५:४२

Advertisement

राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री