बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकलाई ‘सर्वोतकृष्ट वाणिज्य बैंक’ सम्मान

समयपोष्ट २०७३ भदौ ६ गते १२:२९

नबिल बैंंकले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको छ । अगष्ट १९, २०१६ मा उद्योग तथा वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री रवि भक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सशीन जोशीलाई सो पुरस्कार हस्तान्तरण गर्नु भयो ।

Advertisement

उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव हो र विषम आर्थिक तथा राजनैतिक अस्थिरताका बावजुद बैंकले इच्छाए अनुसारको कार्य सम्पादन गर्न सक्नु भनेको बैंकका हिस्सेदारहरुको हितको संरक्षण प्रति बैंकको अथक प्रयत्नको स्पष्ट प्रमाण हो ।” 

गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा २ अर्ब ८२ करोड रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री