बिहीबार, १३ वैशाख २०८१

सिभिल बैंकले १० करोड रुपैयाँ नाफा बढायो, खुद नाफा ३३ करोड रुपैयाँ पुग्यो, निक्षेप पाँच अर्ब थपियो

समयपोष्ट २०७३ भदौ ३ गते ६:३३


civil

Advertisement

काठमाडौं  ।गत वर्ष १० करोड रुपैयाँ खुद नाफा बढाएको  सिभिल बैंक लिमिटेडले ३३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो बर्ष बैंकको नाफा २३ करोड रुपैयाँ थियो ।  बैंकले खुद व्याज आम्दानी १४ करोड रुपैयाँ बढाएपछि नाफा पनि उक्लेको हो । गत वर्ष बैंकले ९९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेपछि बैंकले ६ करोड रुपैयाँ फि कमिशन, आठ करोड अन्य सञ्चालन आम्दानी र विदेशी विनिमयबाट करिब नौं करोड रुपैयाँ कमाएको हो। 
 
गत आर्थिक वर्षमा बैंकले २८ करोड रुपैयाँ राइट व्याक गरेको छ । बैंकले संभावित नोक्सानी व्यहोर्न ४७ करोड रुपैयाँ प्रोभिजन पनि गरेको छ । 
 
एक वर्षमा करिब पाँच अर्ब रुपैयाँ निक्षेप बढाएको  बैंकको कर्जा लगानी करिब तीन अर्ब रुपैयाँ बढेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री