सत्तारुढ दलद्वारा बजेट पारित गर्न सांसदलाई ह्वीप
समयपोष्ट
२०८२ असार ९ गते २२:२२
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आगामी मंगलबार (असार १० गते) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले विनियोजन विधेयक २०८२ निर्णयका लागि प्रस्तुत हुने भएकाले सांसदहरूलाई बैठकमा उपस्थित भई विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
दुवै दलका सचेतकले तटस्थ नरहने र विधेयकको समर्थनमा मत हाल्ने कुरामा जोड दिएका छन्।
प्रतिक्रिया