बिहीबार, १३ वैशाख २०८१

आज भारतसँग छुट्टै सम्झौता

समयपोष्ट २०७५ भदौ १५ गते १:०७

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना शुक्रबारनै फर्कने भएका छन् ।

Advertisement

आजको कान्तिपुर दैनिकमा खबर छ,परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै भएका हुन् ।


भारतसँग छुट्टै सम्झौता

रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।

परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री