बिहीबार, १५ चैत २०८०

२०१६ का मोडल ग्राहकले अत्यधिक रुचाएका छन् : करुण शाक्य, सिजी अटोमोबाइल्स

समयपोष्ट २०७३ साउन ३० गते १३:५४

सुजुकी गाडीको बजार अवस्था कस्तो छ ?
सुजुकी गाडी नेपालमा सर्वाधिक बिक्री हुने चारपाङ्ग्रेमा पर्छ । हामी बजारमा नम्बर १ छौं । हाम्रो प्यासेन्जर कार र भ्यान सेगमेन्टको कार अत्यधिक लोकप्रियमा पर्छ । यसको नेपालमा सबैभन्दा बढी शोरुम, सर्भिस आउटलेट भएको हुनाले हामीले ग्राहकलाई बिक्रीमात्र होइन, बिक्रीपछिको सेवा पनि सबैभन्दा राम्रो दिन सकेका छौं ।
तपाईंहरूले २०१६ का मोडल भित्र्याइसक्नुभएको छ, त्यसको बजार प्रतिक्रिया के छ ?
बजारमा सामान्यतया २०१६ का गाडी भनेको अप्रिलतिर आउने गर्छ । तर, हामीले सुजुकीका यी मोडल अगाडि नै ल्याएका छौं । ग्राहकका लागि पहिलो फाइदा त्यही नै हुन्छ । जब २०१५ सकिएर २०१६ लाग्दा पनि एक वर्ष पुरानो गाडी चढ्नुभन्दा २०१६ मा नयाँ मोडल चढ्न पाएका छन् । यो सुविधा हामीले दिएका छौं, यसलाई ग्राहकले अत्यधिक रुचाएका छन् । त्यसैले बजार रेस्पोन्स धेरै राम्रो भएको छ ।
२०७३ सालमा तपाईंहरूको योजना के छ, नयाँ वर्षमा के योजना ल्याउनुभएको छ ?
हामीले २०७३ साललाई लक्षित गरेर ग्राहकमाझ ह्याप्पी न्यु कार भन्ने स्किम ल्याएका छौं । यो योजनामार्फत ग्राहकले तीन लाख रुपैयाँबराबरसम्मको सेभिङ गर्न सक्नुहुन्छ । सँगै यदि कोही फाइनान्स गर्नुहुन्छ भने यसका लागि स्टान्डर्ड चार्टर्ड, एनएमबी र एनआईसी एसिया बैकसँग अरू गाडीसँग नपाउने रेट मारुती सुजुकी पाउने व्यवस्था मिलाएका छौं ।
बिक्रीपछिको सेवा कस्तो छ ?
हामीसँगै सबैभन्दा ठूलो सर्भिस नेटवर्क छ । हामीले बिक्रीमात्र नभएर क्रिक्रीपछिको सर्भिसमा पनि उत्तिकै विस्तार गरेका छौं । अरू गाडीको तुलनामा हाम्रो गाडीको सर्भिस सेन्टर नेपालभरि छरिएको छ । कुनै पनि समयमा जुनसुकै ठाउँमा सर्भिस सेवा पाउन सकिन्छ । त्यसबाहेक सुजुकी गाडीको स्पेयर्स पार्टस् सबैभन्दा माथिल्लो स्तरको आर्थिक व्यापारमा गनिन्छ । यसले गर्दा ग्राहकलाई गाडी किन्दामात्र होइन, गाडी किनिसकेपछिको जुन खर्च हुन्छ, त्यसमा आर्थिक रूपमा सस्तो पर्छ । ग्राहकलाई किन्ने बेला र त्यसपछिको बेला आर्थिक रूपमा धेरै फाइदा हुन्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री