ज्योति विकास बैंक र देव विकास बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता
समयपोष्ट
२०७५ भदौ ३ गते १२:३५
ज्योति विकास बैंक लि. र देव विकास बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत विजयबहादर हस्ताक्षर भयो ।
ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अव देव विकास बैंकका सम्पूर्ण शाखाबाट पनि लिन सकिन्छ ।
हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन ।
यस सम्झौतापश्चात देव विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
प्रतिक्रिया