शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशियाको सत्रौं शाखारहित बैंकिङ्ग सेवा गुल्मीमा

समयपोष्ट २०७५ साउन २४ गते ६:५८

एनआईसी एशिया बैंकले सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बुधबार गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । शाखाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हिरा बहादुर खत्रीले गरे ।

Advertisement

उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ । बैंकका अनुसार उक्त बैंकिङ्ग सेवा मार्फत स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकले मुलुकभर २३६ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री