नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९% मा गाडी कर्जा
समयपोष्ट
२०८२ भदौ ३ गते २०:०३
	

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत बैंकका ग्राहकवर्गले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् ।
बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९% (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत) कायम गरेका छ ।
आगामी दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।
सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।
बैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
 



























 
	
प्रतिक्रिया