शनिबार, १ कार्तिक २०८२

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड नाफा

समयपोष्ट २०८२ साउन २८ गते २२:३७

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.१० प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ अर्ब १३ करोडको तुलनामा सामान्य वृद्धि हो। यद्यपि, इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड पुगेका कारण बैंकको सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटे पनि खुद फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले वृद्धि भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) १८ पैसाले बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। त्यस्तै, असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.९५ गुणा रहेको छ।

Advertisement

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री