प्रभु बैंकको खुद नाफा ९६५.४१% ले वृद्धि, कमायो ५ अर्ब ४४ करोड

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९६५.४१ प्रतिशतले उल्लेख्य वृद्धि भएको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा बैंकको खुद नाफा केवल ५१ करोड ८ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा यो वर्षको नाफा वृद्धिदर उच्च देखिनुको मुख्य कारण इम्पेरमेन्ट चार्जमा भएको हेरफेर रहेको छ।
गत वर्षको वित्तीय विवरणअनुसार २०८१ असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो। तर, हाल प्रकाशित विवरणमा सोही अवधिको इम्पेरमेन्ट चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यही हेरफेरका कारण बैंकको नाफा वृद्धिदरमा उल्लेख्य प्रभाव परेको हो।
त्यस्तै, २०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.६ गुणा रहेको छ। यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा छ।
प्रभु बैंकले वित्तीय व्यवस्थापन र रणनीतिक सुधारका कारण यो उल्लेख्य नाफा हासिल गर्न सफल भएको जनाएको छ।



























प्रतिक्रिया