आइतबार, १८ साउन २०८२

एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

समयपोष्ट २०८२ साउन १८ गते १५:२२

एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको संचालक समितिको १६०औं बैठकले भदौ १८ गते (सेप्टेम्बर ३, २०२५) बिहान ९ बजे कम्पनीको रजिष्ट्रर कार्यालय थापाथलीमा नबौं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेको ५० प्रतिशत (करसहित) नगद लाभांश स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले हालसम्म शेयरधनीहरूलाई वितरण गरेका लाभांशको दर समेत उल्लेखनीय छ । सातौं वार्षिक साधारण सभासम्म कम्पनीले कुल २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको र अब प्रस्तावित ५० प्रतिशत पारित भएमा वितरण दर २९० प्रतिशत पुग्नेछ ।

सेवाको पहुँच विस्तार र प्रविधिमैत्री प्रणालीमा ध्यान केन्द्रित गर्दै आएको क्यापिटलले ‘अब लाइनमा होइन, क्यापिटलको सेवा इलष्लिभमा’ भन्ने मूल नाराका साथ ग्राहक सेवामा नवीनता ल्याएको बताएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म अधिकांश सेवा इलष्लिभ प्लेटफर्ममार्फत उपलब्ध गराउने सफल व्यवस्था समेत मिलाइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री