आइतबार, १८ साउन २०८२

मेटलाइफ नेपाललाई प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रद्वारा सम्मान

समयपोष्ट २०८२ साउन १८ गते १५:२५

मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरुसँगै “ग्रेट प्लेस टु वर्क“ को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ । यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ—जहाँ सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्छन् ।

गत महिना, मेटलाइफका विश्वभरका ३३ बजारका २४ हजारभन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए, जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डको रूपमा मानिन्छ । नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर, मेटलाइफको साझा उद्देश्य, समावेशीता प्रतिको प्रतिबद्धता, र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउँछ ।

“यो मान्यता केवल एउटा उपलब्धि होइन—हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् । “जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठूलो प्रभाव पार्दछ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री