शनिबार, १७ साउन २०८२

एनएमबि सरल बचत फण्ड–इ को प्रतिफल घोषणा

समयपोष्ट २०८२ साउन १६ गते ११:०८

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इले आर्थिक वर्ष २०८१/८२ को लागि आफ्ना इकाईधनीहरुलाई ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको हालै बसेको बैठकले कर सहित सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। साथै, उक्त बैठकले प्रतिफल वितरण प्रयोजनका लागि साउन १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, साउन १५ गतेसम्म कायम इकाईधनीहरुले यो प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।

एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखि योजना भएकोले, डिभिडेन्ड रि–इन्भेष्टमेन्ट प्लानमा सहभागी इकाईधनीहरुको प्रतिफल रकमबाट प्रचलित कानुनअनुसार लागु हुने कर र इकाई खरिदमा लाग्ने शुल्क कटौती गरी बाँकी खुद रकम बराबरको इकाई सम्बन्धित हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको एनएमबि क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री