शनिबार, १७ साउन २०८२

गरिमा समृद्धि योजनाद्धारा लाभांश घोषणा

समयपोष्ट २०८२ साउन १६ गते १२:१०


गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। योजनाले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, सोही बैठकले लाभांश वितरण प्रयोजनका लागि साउन २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरूले यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यस योजनाको कोष प्रबर्द्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री