आइतबार, १८ साउन २०८२

एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डले गरे लाभांश घोषणा

समयपोष्ट २०८२ साउन १८ गते १५:२०

एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित चारवटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले गत आर्थिक वर्षको नाफाबाट आकर्षक नगद लाभांश घोषणा गरेका छन् ।

क्यापिटलका अनुसार, चारवटै फण्डले गरेर कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएका छन् ।

यस अन्तर्गत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड ले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्स फण्ड ले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्ड ले ५.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

उक्त लाभांश वितरणको प्रयोजनका लागि साउन २९ गते इकाईधनी दर्ता पुस्तिका बन्द गरिने क्यापिटलले जनाएको छ । यसले साउन २८ गते (बुधबार) सम्म इकाईधनी भइसकेकाहरू मात्र सो लाभांश प्राप्त गर्न योग्य हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री