एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण
नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ ।
उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गर्नुभएको छ ।
यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्नेछ, साथै एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ ।
यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् । यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबि एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टी गरेको छ ।
प्रतिक्रिया