बुधबार, १२ वैशाख २०८१

संसारकै महत्वपूर्ण अवार्ड प्राइम बैंकलाई

समयपोष्ट २०७३ साउन २४ गते ७:१८

काठमाडौं– गत साउन १६ गते अमेरिका स्थित ह्यूस्टन टेक्सासमा आयोजित एक समारोहमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई बिनजेश एक्सिलेन्स् अवार्ड २०१६ प्रदान गरिएको हो । यो अवार्ड उद्योग र व्यापार क्षेत्रमा प्रदान गरिने संसारको सबैभन्दा महत्वपूर्ण मध्येको एक हो । २००४ मा वल्ड सीओवीले बिज अवार्ड स्थापना गरी विश्व व्यापार, स्थानीय समुदायको उत्थान र विकास, स्थानीय अर्थतन्त्रको वृद्धि र विश्व अर्थ व्यवस्थामा पुर्याएको योगदानलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका संघ संस्था तथा अग्रणी व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री