शुक्रबार, २८ वैशाख २०८१

कक्षा १२ को नतिजा प्रकाशन तयारी

समयपोष्ट २०७९ भदौ १४ गते १९:१७

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलगअलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने बताउनुभयो ।

हालको निदेर्शिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।

बोर्डले यसअघि भदौ १५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने र त्यसका लागि भदौ १४ गते बोर्डको बस्ने पूर्व योजना बनाएको थियो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म भएको परीक्षामा चार लाख १० हजार विद्यार्थी सहभागी थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री