किन आयो सेयर बजारमा गिरावट ? यसो भन्छन् अर्थमन्त्री

काठमाडौँ, ५ असारः

आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत
अर्थमन्त्री डा स्वर्णिम वाग्ले सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय सेयर बजारमा देखिएको निरन्तर गिरावट र उतारचढावबारे संसद्‌मा प्रष्टिकरण दिएका छन्।

Advertisement

प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजार घट्नुको पछाडि लगानीकर्तामा देखिएको मनोवैज्ञानिक डर र ठूला अनियमिततामाथि सुरु भएको कानुनी प्रक्रिया मुख्य जिम्मेवार रहेको उल्लेख गरे।

पुँजी बजार र बिमा क्षेत्रमा देखिएका ठूला विचलनहरूलाई सरकारले गम्भीरताका साथ हेरिरहेको अर्थमन्त्रीले बताए। उनले हालै मात्र १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित विभिन्न मुद्दाहरू अगाडि बढेको र ती मुद्दाहरूको केन्द्रमा पुँजी बजार र बिमा क्षेत्र नै रहेको जानकारी दिए।

Advertisement

अहिले १ खर्ब हाराहारीको बिगोमा मुद्दा चलेको र अनुसन्धान एवं कारबाहीको प्रक्रिया तीव्र पारिँदा केही लगानीकर्तामा त्रास पैदा भएको अर्थमन्त्रीको भनाइ छ। कतै ‘म पनि कारबाहीमा पर्छु कि’ भन्ने भ्रम वा डरका कारण बजारमा मनोवैज्ञानिक प्रभाव परी उतारचढाव आएको उनले स्पष्ट पारे।

ठूला अनियमिततामा संलग्नहरूमाथि कानुनी डण्डा चलाउन सुरु गर्दा बजारमा केही समयका लागि अन्यौलता देखिनु स्वाभाविक भएको उनले सङ्केत गरे।

정कारले एक घण्टामा स्टक मार्केट कति अङ्कले घट्यो वा बढ्यो भनेर नहेर्ने अर्थमन्त्रीले प्रष्ट पारे। उनले सरकारको मुख्य ध्यान बजारको दीर्घकालीन स्वास्थ्य, स्थायित्व र स्वच्छतामा रहेको उल्लेख गरे।

बजारलाई पारदर्शी, मर्यादित र विश्वसनीय बनाउनु नै सरकारको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ। यसअघि बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सेयर बजार निरन्तर घटेको विषयलाई लिएर अर्थमन्त्रीसँग जवाफ मागेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री