आइतबार, २३ वैशाख २०८१

पिपुल्स पावरको आईपीओे बाँडफाँट

समयपोष्ट २०७९ भदौ १२ गते १६:४८

Advertisement

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर बाँडफाँट गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।

कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको छ । मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ ।

त्यसपछि बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

Advertisement

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री