शनिबार, ५ जेठ २०८१

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

पत्रपत्रिका २०८१ वैशाख २३ गते ६:३७

Advertisement

वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको हो ।

संघीय र प्रदेश सरकारबाट बाहिरिएपछि कांग्रेस सत्तामा पुग्न प्रधानमन्त्री बन्न नेताहरुलाई अफर गर्दै अहिलेको गठबन्धन भत्काउन खोजेको छ । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको सत्तासहकार्य तोडेर एमालेसंग मिलेका थिए । त्यस यता चिढिएको कांग्रेस जसरी पनि अहिलेको गठबन्धन भत्काउँने र प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा छ ।

तर प्रधानमन्त्रीको अफर दिदै हिडेको कांग्रेस भित्रै एकमत छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर गठबन्धन भत्काउन खोजेका छन् । अर्को तर्फ कांग्रेस नेता शेखर कोइराला समूहले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको छ ।

पछिल्लो समय यही बिषयमा नेताहरुका बीचमा ‘कोठे’ छलफल तिब्ररुपमा भईरहेको छ । सत्तारुढ गठबन्धनभित्रको आन्तरिक समस्या एवं असन्तुष्टिकै बीचमा कांग्रेसले जसरी पनि यो गठबन्धन भत्काउन खोजेको छ । कांग्रेसले दुई बिकल्प सहित प्रचण्ड नेतृत्वको सरकारको विस्थापन गर्न खोजेको छ । दुई ‘प्लान’ सहित छलफलमा रहेको कांग्रेस दुबै मध्ये जुन प्रस्तावमा सहमती जुटे उही प्रस्तावलाई कार्यान्वयन गर्न तयार छ ।आजको राजधानी दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री