माओवादीमा २१ जनाको पदाधिकारी, ७ उपमहासचिव, ९ सचिव

नेकपा (माओवादी केन्द्र)ले २१ जनाको पदाधिकारी बनाउने भएको छ ।

Advertisement

उपमहासचिव ७ जना र सचिव ९ जना बनाउने गरी माओवादीले पदाधिकारी संख्या टुंग्गो लगाएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको संख्या करिव टुग्गो लगाएको माओवादीका एक जना स्थायी समिति सदस्यले जानकारी दिए ।

ती नेताका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् । आजको बैठकले पदाधिकारीमा उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने गरी टुग्गो लगाए पनि उपाध्यक्ष संख्या थप गर्ने या अहिले प्रस्तावितमा सहमति गर्ने भन्नेमा सोचेर भोलि बस्ने बैठकले अन्तिम टुग्गो लगाउने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णवहादुर महरा र महासचिवमा देव गुरुङको नाममा प्रचण्डले प्रस्ताव गर्ने गरी तयारी गरेका छन् । अहिले महासचिव दावी गरिरहेका बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, मात्रिका यादव, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल उपमहासचिवमा प्रस्ताव गर्ने गरी तयारी गरेको ती नेताले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री