मंगलबार, ८ जेठ २०८१

प्रभु बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, १४० रुपैयाँ भन्दा कम मूल्य राखेर आवेदन दिन नपाईने

समयपोष्ट २०७९ भदौ २ गते ११:५२

Advertisement

प्रभु बैंकले भाद्र १० गतेदेखि संस्थापकतर्फको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ ।

लगानीकर्ताले १४० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Advertisement

बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरूले १७ भदौसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैक लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री