मंगलबार, ८ जेठ २०८१

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त

समयपोष्ट २०७९ भदौ १ गते १८:२५

Advertisement

गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

श्रावण २९ गते बसेको क्यापिटल संचालक समितिको ५२ औं बैठकले भट्टराईलाई आजबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत मा नियुक्त गरेको हो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनले क्यापिटलको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन सफल भएका हुन् । यस अघि उहाँले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य,डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्डलगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री