बिहीबार, १३ वैशाख २०८१

यस्तो छ आजको मौसम

समयपोष्ट २०७९ साउन २८ गते ६:२९

Advertisement

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आईतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री