शुक्रबार, १४ वैशाख २०८१

डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छ्रे बैंक

समयपोष्ट २०७९ साउन २४ गते १०:३४

Advertisement

माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टा छुट्टै दिनमा क्यु आर कोड सञ्चालनमा ल्याएको हो ।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गर्नुभयो ।

उक्त कार्यक्रममा बैंकका संस्थापक सञ्चालक स्व. सूर्य बहादुर के.सी, प्रेमकुमारी के.सी तथा बैंकका सञ्चालक बन्दना कार्कीको उपस्थिती रहेको थियो ।

त्यस्तै बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी ,बेनी नगरपालिकाका मेयर सुरत के.सी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले संयुक्त रुपमा उक्त क्युआर सेवाको शुभारम्भ गर्नुभएको हो ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री