मंगलबार, ११ वैशाख २०८१

माछापुच्छ्रे बैंकद्धारा कुर्सी हस्तान्तरण

समयपोष्ट २०७९ साउन २२ गते २०:४५

Advertisement

माछापुच्छ्रे बैंक लि.ले काठमाण्डौको सुकेधारास्थित नवटोल सुधार समिति, नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल ,हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ«े बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेव प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री