बिहीबार, १५ चैत २०८०

आई.एम.ई लाईफद्धारा एकैदिन ७ सय ४८ जना अभिकर्तालाई बीमा तालिम

समयपोष्ट २०७९ साउन २२ गते १३:१५

Advertisement

आई.एम.ई लाईफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७ सय ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम प्रदान गरेको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जना लाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिनु भयो ।

आई .एम .ई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर लगायतका शाखाका कार्यालयमा अभिकर्ताहरुलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यका बाहिर बिर्तामोड, बिराटनगर, ईटहरी, धरान, मिर्चैया, बीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा , राप्ती सोनारी, भैरहवा, नेपालगन्ज,, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नबास, महेन्द्रनगर लगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्धारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताउनु भयो । पाँचौ वर्ष वर्ष पुरा गरेको अवसरमा कम्पनीले शनिवार सातवटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५ सय ७१ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री