सोमबार, ३० साउन २०७९

चार अर्ब नाघ्यो नविल बैंकको खुद नाफा

समयपोष्ट २०७९ साउन २० गते ९:२५

Advertisement

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.३७ प्रतिशत र सञ्चालन मुनाफा १३.९८ प्रतिशत बढेको छ।

नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३६ पैसा घटेर २१ रुपैयाँ ७८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ३७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६४.९२ प्रतिशत बढेको छ भने जगेडा कोष ४८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४५.९८ प्रतिशत र कर्जा ५२.०४ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री